नेपालमा गत ५० बर्षमा जति बाटोघाटो बने, त्यो भन्दा बडि गएको ५ बर्षमा बने । बाटोको कारण किशानलाई आफ्नो बस्तु बजार लान सजिलो भएको  छ। नेपालको मात्रीमृत्यू दर घट्नुको मुख्य कारण पनि बाटोहरुले गर्दा बिरामीलाई अस्पताल पुराउन सजिलो हुनुनै हो । तर जथाभावी बाटो खनिनु, बाटो बजेट कुम्ल्याउन गाभिसहरुमा हुने भ्रष्टाचार, र हचुवाको भरमा  डोजरले खनेको बाटोले ल्याउने बाताबरणिय असन्तुलन र पहिरोले अहिले  देश भरि एक किसिमको  आतंकनै फैलिएको छ। कुनै  गाबिसहरुले त अब डोजरहरुमा प्रतिबन्धनै लाएका छन। बाताबरणमा पर्ने असर बाहेक डोजरले खनेको बाटोले स्थानिय स्थरमा हुने रोजगारको अबसरपनि खोस्छ । यहि कारणले गर्दा अहिले 'हरित सडक' को अबधारणा  ल्याइएको हो, ज्सतै भोजपुर, चैनपुर र मध्य पष्चिममा बन्न लागेका बाटो हरु, जस अनुसार बाटोको डिजाइन र निर्माणमा ध्यान दिइन्छ र सकेसम्म धेरै स्थानिय रोजगार सिर्जना गरिन्छ ।

The Road to prosperity, Nepali Times #544