हाम्रो देशको भौगोलिक विविधताको बखान गर्दै नेपाललार्इ जहिले पनि हिमाल, पहाड र तरार्इले बनेको मुलुक भनिन्छ । तर, यसो भन्दा हिमालपारिका जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङले ओगटेको नेपालको लगभग एकचौथाइ भूभाग समेटिंदैन । भौगोलिक विकटता र थोरै जनसंख्याले होला हामी तिनलार्इ हिमालमै गाभिदिन्छौं, जवकि त्यहाँको धर्म, संस्कति, भेषभुषा, रितीरिवाज, प्रकृति र हावापानी हिमालवारिको भन्दा बेग्लै छ । गोर्खा, रसुवा, दोलखा, खुम्बु, ताप्लेजुङका केही भाग पनि यस्तै छन् । यस्ता छुट्टै विशेषताका कारण यी क्षेत्रको भिन्दै भौगोलिक नामकरण् गर्नुपर्ने देखिन्छ ।

अंग्रेजीमा यो क्षेत्रलार्इ 'ट्रान्स(हिमालय' भनिन्छ । त्यस हिसाबले नेपालीमा 'हिमालपार' भने हुन्थ्यो, तर मुस्ताङ र मनाङका बासिन्दाको दृष्टिमा दक्षिण नेपाल 'हिमालपार' हुन्छ । बरु 'नेपाल भोट' भन्दा यो भेगको तिब्बतसँगको एतिहासिक र सांस्कृतिक निकटता पनि झ्ल्किन्छ र अन्तर्राष्टि्रय सिमानाको हिसाबले यो नेपालभित्र पर्ने कुरा पनि प्रष्ट हुन्छ ।

नेपालको भोटसँग परम्परागत व्यापार, धर्म र संस्कृति आदान(प्रदान हुनेगरेको ठाउँ मुख्यत: कालीगण्डकीको खोंच हुँदै हिमाल छेडेर पुगिने मुस्ताङ अधिराज्य हो । पृथ्वीनारायण शाहले जुम्लालार्इ नेपालमा गाभेपछि 'बोनस' को रूपमा नेपालको भागमा पर्न पुगेको मुस्ताङ अहिले 'गण्तन्त्रभित्रको अधिराज्य' भएर बसेको छ । भौगोलिक विकटताले सधैं ओझेलमा परेको मुस्ताङबाट सन् १९६०(७५ मा खम्पाहरूले चीनको सेना विरुद्ध छापामार युद्ध लडेका थिए ।

धेरैजसो छापामार मुस्ताङका शिविरमा तालीम र आश्रय लिन्थे, घोडा चढेर सिमानापारि गर्इ चीनका सैनिक अखडामा धावा बोल्थे ।

यो छापामार युद्धमा अमेरिका र भारत दुवैले खम्पाहरूलार्इ सहयोग गरेका थिए । त्यतिबेला भर्खरै हिमाली क्षेत्रमा भएको सीमा युद्धमा चीनको हातबाट ठूलो पराजय भोग्नुपरेको भारतले त्यसको बदला लिन खम्पाहरूलार्इ उक्सायो, अमेरिकी गुप्तचर संस्था सिआर्इएका सैनिक हवाइजहाजलार्इ भारतीय विमानस्थलमा इन्धन भर्न अनुमति दियो र ती जहाजले लुकी(लुकी नेपालमाथिबाट उडेर मुस्ताङको ताङ्ग्बे र अरू ठाउँमा प्यारासूटबाट हातहतियार खसाले । सन् १९७० देखि तत्कालीन सोभियत संघ र चीनबीच फाटो आएपछि भने अमेरिकाले चीनसँग सम्बन्ध बनाउन थाल्यो ।

राष्ट्रपति निक्सनले चीन भ्रमण गरेर माओत्सेतुङ्गलार्इ भेटेपछि खम्पाहरूलार्इ दिइएको अमेरिकी सहयोग रोकियो । त्यसपछि चीनले नेपाल सरकारलार्इ खम्पाहरू निर्मूल पार्न दबाब दियो । त्यसबेला भर्खरै राजा भएका वीरेन्द्रले शाही नेपाली सेनाका रथी आदित्य शमशेर राणाको नेतृत्वमा उत्तर(पश्चिम नेपाल पठाएका हेलिकप्टर सहितको कमान्डो टोलीले खम्पा छापामार र तिनका नेता वाङ्गदीलार्इ मुस्ताङबाट लखेट्दै दाचुर्लाको लिपुलेकसम्म पुर्यायो । त्यहाँ भारत छिर्ने नाकामा लुकेर बसेका नेपाली सैनिकले वाङ्गदी र अरू छापामारहरूलार्इ मारिदिए ।

त्यसपछि फेरि ओझेलमा परेको मुस्ताङलार्इ पहिलो जनआन्दोलनपछिको लोकतान्त्रिक सरकारले सन् १९९२ मा सीमित पर्यटनको लागि खोल्यो, उपल्लो मुस्ताङको संवेदनशील वातावरण र संस्कृतिलार्इ रक्षा गर्न ट्रेकिङ पर्यटकको संख्यामा सीमा तोक्यो र हरेक पर्यटकलार्इ दिनको ७५ डलर तिर्न बाध्य बनायो । मुस्ताङको पर्यटकीय व्यवस्थापनको जिम्मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र नेपाल प्रकृति संरक्षण कोषालार्इ दिइएको थियो, र सम्झ्ता अनुसार पर्यटकले तिरेको शुल्कको ६० प्रतिशत मुस्ताङको विकासमै खर्च गर्नुपर्ने थियो । तर केन्द्रबाट यो रकम पूरै कहिल्यै नआएको मुस्ताङ्गीहरूको गुनासो छ ।

अहिले पोखरादेखि बेनी हुँदै, जोमसोमबाट लो मान्थाङ्गसम्म र स्थानीय गाउँहरूबीच समेत सडक बाटो पुगेको छ । बर्षात् पछि कालीगण्डकीको बगरैबगर जीप र ट्रकहरू एकदिनमै जोमसोमबाट लो मान्थाङ्ग पुग्छन् । मुस्ताङमा 'मुस्ताङ' जीप चल्न थालेपछि उत्तरी भेगलार्इ संरक्ष्ण क्षेत्र भनेर पर्यटकलार्इ दैनिक शुल्क तिराउने नियमको औचित्य देखिंदैन । लो मान्थाङ्गमै कोही भन्छन्( अब मुस्ताङलार्इ पूरै खोली दिनुपर्छ, दस्तुर हटाउनुपर्छ र स्थानीय जनतालार्इ पर्यटनको लाभ उठाउन दिनुपर्छ । तर अरु भन्छन्( पुरै खोल्यो भने मुस्ताङ र ठमेलमा केही फरक हुँदैन र अन्नपूर्ण ट्रेलमा जस्तै एक कप चियाको लागि पनि मोलतोल गर्ने खालका सस्ता पर्यटकहरु आउन थाल्छन् ।

ताशी वाङ्गेल पर्यटक चढेका घोडा डोर्याउँदै ४००० मिटर उचाइमा रहेको चोयाला भन्ज्याङ आइपुग्छन् । घोडाहरु नाकका पोरा फुलार्इ बाफ निकालेर धक्दै थकार्इ मार्छन् । दक्षिणट्टि निलगिरी, अन्नपूर्ण र तिलिचो हिमालहरु बिहानको उज्यालोमा रत्न जस्तै चम्किरहेका छन् । पहाडको बीचमा बादलहरूको लुकामारी चलिरहेको छ । यस्तो शान्त र रमणीय ठाउँमा एक्कासी तलबाट मोटरको कर्कश आवाज सुनिन्छ र एउटा भरिभराउ जीप धुलो उडाउँदै आइपुग्छ । यसबाट झ्स्किएका घोडालार्इ सम्हाल्न ताशीलार्इ हम्मेहम्मे पर्छ । लो मान्थाङ्गबाट बिहान समार गाउँको लागि छुटेको जीप व्यापारी, भिक्षु, भरिया र एक(दुर्इ विदेशी पर्यटकले भरिएको छ । जीप अघि बढेपछि, टासी भन्छन्, "अब कति दिन घोडा राख्न सकिन्छ थाहा छैन । यी मरेपछि किन्दिन ।

"घोडा, खच्चड र गधाहरू मुस्ताङ र तिब्बतको संस्कृतिसँग गाँसिएका जनावर हुन् । तिब्बती गीत, भाषा र सभ्यतामा घोडाले ठूलो माने राख्छन् । घोडाको नाम तिनको रंगबाट नाम राखिन्छ । घोडाहरू सफलताका प्रतीक हुन् र तिब्बती लुङ्गटाहरूमा वायुपङ्खी घोडाको चित्र अंकित हुन्छ । तर अब मुस्ताङमा घोडा राख्ने चलन हराउन लागेको छ । राजा र एक(दुर्इ सौखिनहरूले राख्लान्, धेरैले बेचेर मोटरसाइकल किन्न थालिसके । अब पर्यटकहरूलार्इ मोटरबाटो नपुगेका नयाँ(नयाँ ठाउँमा आकष्त गर्न सकियो भने मात्र मुस्ताङ्गी संस्कृतिमा घोडाले पारेको छापको आयु बढाउन सकिन्छ ।

जेभए पनि लोबाहरूले संसार देखेका छन् र उनीहरूमा जस्तै चुनौती र परिवर्तनलार्इ पनि सामना गर्न सक्ने क्षमता छ । नेपाल भोटमा आएको यो ठूलो आर्थिक र भौगोलिक परिवर्तनलार्इ पनि उनीहरूले आफ्नो समाजलार्इ फाइदा हुनेगरी सामना गर्न सक्नेछन् ।

हिमालभन्दा पुराना

हिमाल र हिमालपारिको भौगोलिक, जैविक र सांस्कृतिक परिवर्तनको राम्रो झ्लक मार्फाबाट जोमसोम हुँदै कागबेनी जाँदा देखिन्छ । मुस्ताङ्गमा अन्नपूर्ण र धौलागिरिबाट बगेको कालीगण्डकीले करोडौं वर्ष लगाएर संसारकै सबैभन्दा गहिरो खोंच काटेको छ । यो नदी ती विशाल हिमाल भन्दा पुरानो हो ।

हिमालयको उत्पत्तअघि अहिलेको तिब्बत 'तेथीस' समुन्द्रको किनारमा थियो । यसको पुष्टि मुस्ताङभरि भेटिने पत्रे चट्टान र शालिग्रामले गर्छन् । कुनैबेला समुद्रको किनारमा छालले हानेर खिइएका र टुत्रिmएका यी चट्टान र ढुङ्गाहरू अहिले समुद्रभन्दा ५००० मि. माथि उचालिएका छन् । मुस्ताङको कालीगण्डकी र खासगरी नरसिंह खोलामा छ्याप्छ्याप्ती पाइने शालिग्राम सात करोड वर्षा अगाडि समुद्रको पिंधमा जिउने एमोनाइट जनावरका फोसिल (अवशेष) हरू हुन् । मुस्ताङका हिमालमा जताततै देखिने बाङ्गाटिङ्गा चट्टानका पत्रले हिमालयको उत्पत्त हुँदा दुर्इटा विशाल महादीपहरूको ठक्कर कति शक्तिशाली थियो भन्ने देखाउँछन् ।

भारतीय उपमहादीप अप्रिकाबाट ६ करोड वर्ष अगाडि छुट्टिएर युरेसिया महादिपसँग ठोक्किन आइपुग्दा यहाँ हिमालय श्रृङ्खला उचालिएको हो । पहिले बगिराखेका नदीहरूले तिनै हिमालका बीचबाट खोंच काट्दै आफ्नो बाटो बनाए । कर्णाली, ब्रह्मपुत्र, कालीगण्डकी, अरुण र भोटेकोशी सबैका स्रोत हिमालपारि हुनुले पनि नदीहरू हिमालभन्दा पुराना भएको पुष्टि गर्छ । एशियाका धेरै नदी यसरी उचालिएको तिब्बतीय क्षेत्रबाटै उत्पन्न भएका छन् । मानसरोवर नजिकबाट शुरू भएको इन्डस कराँची नजिकै अरेबियन सागरमा मिसिन्छ, ब्रह्मपुत्र हिमालयलार्इ छिचोल्न नसकी १५०० किमी पूर्वतिर बगेर बर्माको सिमाना नजिक पुगी फेरि पश्चिमतिर लाग्छ र बङ्गलादेशमा गंगा नदीसँग मिसिएर बङ्गालको खाडीमा विलिन हुनपुग्छ । चीनका याङत्से, हुवाङ्ग ह्वे र मिकोङ्ग तथा बर्माका इरावाडी र साल्विन नदीहरू पनि तिब्बतबाटै निस्कन्छन् ।

विश्वको तापत्रम बृद्धिका कारण हिमाल र हिमनदीहरू यही गतिमा पग्लँदै जाने हुन् भने ५० वर्षाभित्रमा धेरै ठूला नदीहरू सुक्खा याममा पूरै सुक्नेछन् र तिनमा निर्भर एशियाको १ अर्ब ५० करोडको जनसंख्या बसोबास गर्ने क्षेत्रमा पानीको हाहाकार मच्चिनेछ । तिब्बत र नेपालका हिमाल तथा हिमनदीमा यसरी हिउँ पग्लन नदिनु र हिमालय क्षेत्रको संरक्षण गर्नु संसारकै दायित्व भएको छ ।